समाचार

आज बाला चतुर्दशी, हिन्दूहरुले सतबीज छरेर पर्ब मनाउदै

काठमाडौ, १ मँसिर । आज बाला चतुर्दशी, हिन्दूहरुले सतबीज छरेर वाला चतुर्दशि पर्व मनाइरहेका छन् ।

काठमाडौंको पशुपतिनाथ, झापाको अर्जुनधारा, सुनसरीको रामधुनी, धरानको पिण्डेश्वर लगायत देशभरका शिव मन्दिरमा आज सप्तबीज छरी बाला चर्तुदशी पर्व मनाईंदैछ । आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ ।

सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूणर््ँ पाप नाश हुने जनविश्वास छ । हरेक वर्È मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहु“, तोरी, मास, सानो केराउ, मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा छर्दै देवीदेवताका मन्दिर परिक्रमा गर्ने चलन छ । यसरी शतबीज छर्दा दिवंगत भएकाहरुकालागि खानेकुरा रोपिएको विश्वास गरिन्छ ।

शतबीजबाट उम्रेर आएको अन्न दिवंगत भएका आफन्तको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास छ । आजको दिन एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आज सुनसरीको प्रसिद्ध तिर्थस्थल रामधुनीमा विशेष मेला लागेको छ । सतबिज छर्न तथा मेला भर्न छिमेकी मुलुक भारतबाट समेत ठुलो संख्या साधु सन्त का साथै भक्तजनहरु रामधुनी पुगेका छन् । यसका साथै दिवंगत आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै रामधुनीमा पनि धान, गहु, जौ, लगायतका अन्न सतबीचका रुपमा छर्नेहरुको पनि उल्लेख्य भिड छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट