समाचार

आणविक क्षेप्यास्त्र उत्पादन नरोक्ने इरानको घोषणा

एजेन्सी, १२ कार्तिक । इरानी राष्ट्रपति हसन रौहानीले इारनले क्षेप्यास्त्रको उत्पादनलाई निरन्तरता दिने जनाएका छन् ।

संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति रौहानीले इरानले यसअघि पनि क्षेप्यास्त्र बनाउदै आएको अहिले पनि क्षेप्यास्त्रको विकासमा अध्ययनहरु गरिरहेको र भविष्यमा पनि क्षेप्यास्त्र उत्पादनलाई निरन्तरता दिने बताए ।

टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको सम्बोधनका क्रममा रौहानीले इरानको क्षेप्यास्त्र कार्यक्रमले कुनै पनि अन्तर्राष्ट्रिय सन्धी सम्झौताको उल्लङ्घन नगर्ने समेत दाबी गरे ।

आणविक हतियार तथा क्षेप्यास्त्र बनाउने तयारी गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अन्तर्राष्ट्रिय शक्तिहरु बीच सन् २०१५ मा भएको आणविक सम्झौतालाई प्रमाणीकरण नगर्ने घोषणा गरेको १५ नबित्दै इरानको यस्तो प्रतिक्रिया आएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट