समाचार

आणविक हतियार परीक्षण केन्द्र नष्ट गर्ने उत्तर कोरियाको तयारी

एजेन्सी । उत्तर कोरियाले आणविक हतियार परीक्षण केन्द्र नष्ट गर्न तयारी तीब्र पारेको छ ।

आणविक हतियार परीक्षण केन्द्र नष्ट गर्न प्राविधिक तयारी सुरु गरिएको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ ।

मौसमी अवस्था अनुकुल रहेमा हतियार परीक्षण केन्द्र मे २३ र २५ मा विदेशी सञ्चारमाध्यम रोहबरमा नष्ट गर्ने उत्तर कोरियाको तयारी छ ।

आगामी जुन १२ मा सिङ्गापुरमा तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको शिखर वार्ताअघि उत्तर कोरियाले आणविक हतियार परीक्षण केन्द्र नष्ट गर्न लागेको समाचार सार्वजनिक भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट