समाचार

आत्मघाती बम आक्रमणमा ४ जना ट्राफिक प्रहरी मारिए

इराक, १७ बैशाख । इराकको राजधानी बग्दादको मध्य भागमा इस्लामी स्टेट आतंकबादी समुहले गराएको आत्मघाती कार बम आक्रमणमा ४ जना ट्राफिक प्रहरी मारिएका छन् ।

बग्दादको कडा सुरक्षा रहेको तथा विदेशी संचारसंस्थानहरु तथा फ्रान्सेली दूतावास नजिकै रहेको ट्राफिक प्रहरीको कार्यालयलाई लक्षित गरी बम बिष्फोट गराइएको बताइएको छ । सोही क्षेत्रमा गत वर्षको जुलाइमा गराइएको बिष्फोटमा परी ३ सय २० जनाको ज्यान गएको थियो ।

इराकी सेनाले ठूलो क्षेत्र तथा शहरहरुमा कब्जा जमाइ शासन गरेको इस्लामीक स्टेट आतंकबादी समुहलाई परास्त गर्दै दोस्रो ठूलो शहर मोसुलमा कार्वाही जारी राख्दा इस्लामीक स्टेटले आत्माघाती आक्रमण तथा राजधानी बग्दादलाई लक्षित गरी आक्रमण बढाइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट