समाचार

आधाकिलो सुनसहित दुई पक्राउ

कञ्चनपुरको गड्डाचौकी नाकामा आधा किलो सुन सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतबाट जाँदै गर्दा भारतीय नागरिक ४५ वर्षका सुरेश कुमार र ३७ वर्षिया जितेन्द्र सैनीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गड्डाचौकी नाकामा नियमित चेकजाँचका क्रममा भारतिय नं. एच आर १२ ए एफ ०००६ को गाडीसहित उनीहरु पक्राउ परेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मदन दहालले बताउनु भयो ।

वैशाख ३१ गते ४ दिनका लागि भन्सार काटेर कञ्चनपुर भन्सार कार्यालयबाट नेपाल आएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट