समाचार

आप्रवासीलाई अमेरीका प्रतिबन्ध गर्ने नया कार्यकारी आदेशमा हस्ताक्षर

एजेन्सी, २४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आप्रवासीलाइ प्रतिबन्ध गर्ने नया कार्यकारी आदेशमा हस्ताक्षार गरेका छन् ।
ट्रम्पले ६ मुलुकका आप्रवासीलाइ अमेरिका प्रवेशमा ९० दिनको प्रतिबन्ध लगाउने नया कार्यकारी आदेशमा हस्ताक्षार गरेका हुन् ।
यसअघि राष्ट्रपति ट्रम्पले जनवरी २७ मा इरान, सिरिया, लिबिया, यमन, सोमालिया, सुडान तथा इराक गरी ७ मुलुकका आप्रवासीलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षार गरेका थिए । यसपटक अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको आप्रवासीमा इराकी आप्रवासी नसमेटिएको जनाइएको ।
ग्रीनकार्ड लिएका आप्रवासीहरु नया आदेशअन्तर्गत नपर्ने जनाइएको छ । यसअघि राष्ट्रपति ट्रम्पले आप्रवासीमाथी अगाएको प्रतिबन्ध अमेरिका अदालतले खारेज गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट