समाचार

आप्रवासी बोकेको डुङ्गा डुब्दा ५० जना बेपत्ता

अफ्रिका, ६ असोज । अफ्रीकी मुलुक लिबियाको उत्तरपश्चिीमी शहर जवारा नजिकैको समुद्री तटमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ५० जना बेपत्ता भएका छन् ।
लिबियाको पश्चिीमी शहर सब्रथा नजिकै नदीबाट करिब १ सय जना आप्रबासी बोकेर हिडेको डुङ्गा जवारा शहर नजिकै आइपुग्दा नदिमा डुबेपछि ५० जना बेपत्ता भएका हुन । डुङ्गामा इन्धन सकिएपछि डुङ्गाा डुबेको जनाइएको छ । उद्धारकार्यमा खटिएका लिबियाली नौसेनाले ८ जनाको शव फेला परेको जनाएको छ ।

उत्तर अफ्रिकी मुलुकहरुबाट धेरै मात्रामा मानिसहरु लिबियाको तटीय क्षेत्र हुदै दक्ष्ँिणी युरोप प्रवेश गर्ने गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट