समाचार

इजिप्टको चर्चमा गोली चल्यो, ११ जनाको मृत्यु

एजेन्सी, १५ पुस । इजिप्टको राजधानी कायरोको एक चर्चमा बन्दुकधारीले जथाभावी गोली प्रहार गर्दा ११ जनाको ज्यान गएको छ । दक्षिणी कायरोको हेल्वान भन्ने स्थानमा रहेको कप्टिक ईसाईले प्रार्थाना गर्ने मार मिना चर्चमा बन्दुकधारीले जनाथाभावी गोली प्रहार गर्दा अरु ५ जना घाइते भएका छन् ।

मारिनेमा अधिकांश ईसाई धर्मावलम्बी रहेका छन् । आक्रमणमा दुई बन्दुकधारी संलग्न रहेको सरकारी अधिकारीले जनाएका छन् । आक्रमणका क्रममा एक बन्दुकधारी मारिएपनि अर्का बन्दुकधारी भने भाग्न सफल भएको जनाइएको छ ।

दुबै आक्रमणकारीको पहिचान भएको र फरार आक्रमणकारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाइएको छ । आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट