समाचार

इटहरीमा ठुलो मात्रामा हतियार बरामद

ध्रुव ढकाल । सुनसरी, कात्तिक २७ गते । प्रदेस र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा ईलाका प्रहरी कार्यालय ईटहरीले स्थानीय मनोज चौधरीको घर बाट ठुलो परिमाणमा हातहतियार वरामत गरेको छ । ईटहरी ४ स्थीत चौधरीको घर खानतलास गर्दा निजको कोठा बाट प्रहरीले ठुलो परिमाणमा भण्डारन गरी राखिएको हतियार वरामत गरेको हो ।

केहिदीन अघि साँझ इटहरीमा मनोज चौधरीले सामान्य विवादहुँदा गोली चलाएको आरोप लागेको थियो । गोली काण्डमा चौधरी सँलग्न भएको पुुष्टि गर्दै निजको घर खानतलासी गर्दा प्रहरीले हतियार बरामत गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी संजयकुमार राउतले जानकारी दिएका छन् ।

ithari Banduk (4)

चौधरीको घरको कोठामा खानतलासि गर्दा ३ थान एयर पेस्तोल, १ थान एयर गन, २ थान बुुलेट, नक्कली पेस्तोलहरु, विभिन्न प्रकारका धारिलो हतियार, ७६ थान घडि, १ थान ल्यापटप, १६ थान मोवाइल र उनिहरुले प्रयोग गरेको बा ५ च २७८ नम्वरको गाडी फेला परेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी संजयकुमार राउतले जानकारी दिएका छन् ।

राउतका अनुसार कात्तिक ८ गते साँझ चौधरी र उनका साथि सुजन नेपालबिच सामान्य विवाद भएको थियो । तर चौधरीले एक्कासि पेस्तोलबाट फायर गरे पछि इटहरीमा गोली चलेको हल्ला फैलिएको थियो । उक्त दिन नेपाल ज्यान जोगाउन सफल भएका थिए ।

चौधरीलाई सहयोग गर्ने बिसे चौधरी समेत फरार छन् । प्रहरीको रेकर्ड अनुसार उनि समेत पटकपटक विभिन्न मुुद्धा खेपेका व्यक्ति हुन् । उनिहरुलाई हातहतियार तथाज्यान मार्ने उद्योग अन्तर्गत मुुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट