समाचार

इटहरीलाइ प्रदेशकाे राजधानी बनाउन माग गर्दै प्रदर्शन

ध्रुव ढकाल । सुनसरी कात्तिक २५ गते । सुनसरीको इटहरीलाई एक नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै वृहत शान्ति र्याली निकालिएको छ । इटहरीलाई एक नम्बर प्रदेशको राजधानी बनाउन माग गर्द नागरिक समाजका अगुवा, विभिन्न राजनितिक दलका प्रतिनिधि, निर्वाचनका उम्मेद्वारहरु, उद्योग वाणिज्य संघ, सामाजिक संघ संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्राध्यापक विद्यार्थी, इटहरीबासी सम्पूर्णको सहभागीतामा वृहत शान्ति र्याली निकालिएको छ ।

र्यालीले इटहरी चौकको परिक्रमा गरेको थियो । र्याली पछि आयोजित कोण सभामा बोल्दै पूर्व संसद, आसन्न निर्वाचनका उम्मेद्वार तथा नागरिक अगुवाहरुले सम्बोधन गर्दै प्रदेशको राजधानी इटहरीमा राख्न माग गरेका थिए ।

Ithari (2)

पूर्व संसद कल्पना चौधरीले आफु सहित अन्य माननिय रेवति भण्डारी, अनिता परियारले संयुक्त रुपमा संसदमा आवाज उठाएको बताउनुभयो । इटहरीलाई राजधानी बनाउने कुरामा विजय कुमार गच्छ्यदारले पहिले देखी नै क्याविनेट तथा संसदमा अडान लिँदै आएको चौधरीले बताउनुभयो । विजय गच्छ्यदारले इटहरीलाई नै प्रदेशको राजधानी बनाउने पक्षमा रहेको पूर्व संसद चौधरीले बताउनुभयो ।

यस्तै, कोण सभामा बौल्दै आसन्न प्रदेश सभाका उम्मेद्वारहरुले इटहरीलाई राजधानी बनाउन आफुहरु जस्तो सुकै कार्य गर्न पछि नपर्ने बताउनुभएको थियो ।

यता, राजधानी सरोकार समाजका संयोजक समेत रहेका इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले इटहरी पूर्वाधार, यातायातको सुगमता, लगायतका सवै आधारभुत कुराहरु उपयुक्त हुने भएकाले इटहरीलाई राजधानी बनाउनुपर्ने बताउनुभयो ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अगावै सरकारले सातै प्रदेशको राजधानी तोक्ने अन्तिम तयारी गरेको छ । इटहरीलाई राजधानी तोक्न दवाव दिन नागरिक समाजको अगुवाईमा निरन्तर दवावमुलक कार्यहरु हुन थालेका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट