समाचार

इराकको मोसुलमा आइएसद्वारा मस्जिदमाथि आक्रमण

एजेन्सी, ८ असार । आतङ्कबादी समुह इस्लामिक स्टेटका लडाकुहरुले इराकको उत्तरी शहर मोसुलस्थित ऐतिहासिक अल नुरी मस्जिद ध्वस्त पारेका छन् ।

नुरी मस्जिदबाटै इस्लामीक स्टेटका प्रमुख अबुबकर अल बग्दादीले आफुलाई खालीफ या सम्पूर्ण मुस्लिमहरुको नेता घोषणा गर्दै इस्लामीक स्टेटको घोषणा गरेका थिए। लडाकुहरुले मोसुलको पुरानो शहरस्थित प्राचिन तथा ऐतिहासिक अल नुरी मस्जिदसगैं ४५ मीटर उचाइको स्तम्भ समेत ध्वस्त पारेको जनाइएको छ ।

यता इस्लामीक स्टेटले भने अमेरिकी नेतृत्वको हवाई हमलामा मस्जिद ध्वस्त भएको आरोप लगाएको छ । अमेरिकी सेनाले भने आरोपको खण्डन गर्दै मस्जिदलाई लक्षित गरी कुनै हवाई हमला नगरिएको र इस्लामकि स्टेटको आरोप निराधार रहेको दाबी गरेको छ ।

इराकी प्रधानमन्त्री हैदर अल अबादीले इस्लामिक स्टेट बिरुद्व मोसुलमा अन्तिम कार्वाही भइरहेको र युद्धमा हारेका आतंककारीहरुले पवित्र धार्मिक स्थललाई ध्वस्त पारेको भन्दै कार्वाही तिब्र पार्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले पनि इस्लामीक स्टेटले मोसुलका सर्बसाधरणहरुलाई सरकार बिरोधी युद्धका क्रममा मानब ढाल बनाएको आरोप लगाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट