समाचार

इराक भुकम्पमा ज्यान गुमाउनेको संख्या ४ सय ५२ पुग्यो

एजेन्सी, २८ कार्तिक । इराक र इरानबीचको सीमाक्षेत्रमा ७ दशमलब ३ रेक्टर स्केलको भुकम्प जादा ज्यान गुमाउनेको सङ्ख्या ४ सय ५२ पुगेको छ ।

इराकको उत्तरपुर्वीक्षेत्र हलब्जा नजिकै केन्द्रबिन्दु् बनाइ गएको भुकम्पमा इरानको उत्तरपश्चिीमी प्रान्त केर्माशाहमा सबैभन्दा बढि ४ सय ४३ जनाको ज्यान गएको छ । इराकी भूमीमा भने नौ जनाको मात्र ज्यान गएको छ । सीमाक्षेत्र नजिकै इराक र इरानमा घाइते हुनेको सङख्या ७ हजार नाघेको छ ।

इराकी कुर्दिस्तान क्षेत्रस्थित दरबान्दीखान शहरमा सबैभन्दा बढी भुकम्पले प्रभावित बनाएको कुर्दिस्तानका स्वास्थ्य मन्त्री रेकावत हमा रासिदले जनाएका छन् । इरानको केर्माशाह प्रान्तका ८ वटा गाउ सबैभन्दा बढी प्रभावित भएका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट