समाचार

उत्तरको कोरियाका क्षेप्याष्त्र परिक्षण असफल

एजेन्सी, १६ बैशाख । उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परिक्षण असफल भएको छ ।
अमेरिकी अधिकारिहरुका अनुसार मध्यम दुरिको के एन सेभेन्टिन नामक क्षेप्यास्त्र परिक्षण गरेको केही मिनेटपछि बिस्फोट भएको थियो ।

प्योङयोङको उत्तरी क्षेत्तबाट उत्तरपुर्वी दिशातर्फ प्रहार गरिएको क्षेप्यास्त्र ४४ माइल परसम्म पुगेको थियो । यो उत्तर कोरियाको गत मार्च महिनायताको चौथो असफल क्षेप्यास्त्र परिक्षण हो । उत्तर कोरियाको निरन्तर क्षेप्यास्त्र परिक्षणले संयुक्त राष्ट्रसंघका लागि प्रतिबन्ध थप कडा पार्नुपर्ने बाध्यता सिर्जना गरेको दक्षिण कोरियाले बताएको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली क्षेप्यास्त्र परिक्षणले गम्भिर द्वन्द्व निम्त्याएको बताएका थिए । अमेरिकी बिदेशमन्त्री रेक्स टिल्लरसनले हिजो संयुत्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा उत्तर कोरियाली क्षेप्यास्त्र कार्यक्रमले गम्भिर समस्या निम्त्याउन सक्ने भन्दै उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउनुपर्ने जोड दिएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट