समाचार

उत्तर कोरियाको क्षेप्यास्त्र आक्रमण रोक्न अमेरिकाले परिक्षण गर्यो प्रतिरक्षा प्रणाली

काठमाडौ, २८ असार । उत्तर कोरियाबाट अन्तरमहादेशीय क्षेप्यास्त्रको खतरा बढिरहेका बेला अमेरिकाले क्षेप्यास्त्र प्रतिरोधी प्रणाली थाडको सफल परिक्षण गरेको छ ।

अमेरिकाको हवाई टापुमा उडिरहेको लडाकु विमानबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई अलास्काको कोडाक टापुबाट प्रहार गरिएको थाड क्षेप्यास्त्र प्रतिरोधी क्षेप्यास्त्रले रोकेर सफलतापूर्वक परिक्षण गरिएको अमेरिकी क्षेप्यास्त्र रक्षा निकायले जनाएको छ ।

रक्षा निकायका अनुसार महिनौ अघिको योजना अनुसार पछिल्लो क्षेप्यास्त्र परिक्षण गरिएको हो । गतसाता उत्तर कोरियाले अमेरिकाको अलास्का तथा हवाईसम्म मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्रको सफल परिक्षण गरेको थियो ।

उत्तर कोरियाको क्षेप्यास्त्रको प्रतिरोध गर्न अमेरिकाले दक्षिण कोरिया र दक्षिणी प्रशान्त महासागरको गुआम टापुमा थाड प्रणाली जडान गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट