समाचार

उत्तर कोरियाद्वारा चार वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

एजेन्सी, २३ काठमाडौ । उत्तर कोरियाले चार ओटा ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।
दक्षिण कोरियाली तथा जापानी अधिकारीका अनुसार उत्तर कोरियाले जापानको सागरमा चार ओटा क्षेप्यास्त्र परिक्षण गरेको हो । चीनको सीमानजिक रहेको टोङ्चाङ–री क्षेप्यास्त्र प्रक्षेपण केन्द्रबाट परिक्षण गरिएको दक्षिण कोरियाली सैन्य प्रवक्ताले जनाएका छन् ।

चारमध्ये तीन क्षेप्यास्त्रले १ हजार किलोमिटरको दुरी पार गर्दै जापानको तटबाट मात्र ३ सय किलोमिटर नजिकसम्म आइपुगेको दाबी गरिएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाली क्षेप्यास्त्र परिक्षण जापानका लागि नया“ खतरा भएको भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।
त्यस्तै दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति ह्वाङ क्यो अनले पनि क्षेप्यास्त्र परिक्षणको कडा विरोध गरेका छन् । दक्षिण कोरियाली तथा अमेरिकी संयुक्त सैन्य अभ्यास सुरु गरेको एक साता नबित्दै उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट