समाचार

उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाउन राष्ट्रसंघ सहमत

एजेन्सी, २२ साउन । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाबिरुद्ध थप कडा नाकाबन्दी लगाउने प्रस्ताब सर्बसम्मतले पारित गरेको छ ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध तथा अन्तर्राष्ट्रिय समुदायको बेवास्ता गर्दै निरन्तर लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सर्बसम्मत रुपमा नाकाबन्दी लगाउने निर्णय गरेको हो ।

राष्ट्रसंघमा भिटो अधिकार प्राप्त उत्तर कोरियाको सबैभन्दा नजिकको साझेदार चीन तथा रुसले समेत प्रस्तावको समर्थन गरेपछि उत्तर कोरियामाथीको थप नाकाबन्दी सर्बसम्मत बनेको हो ।

पारित प्रस्ताबमा उत्तर कोरियालाई खनिज तथा धातुका समानहरु निर्यात गर्न प्रतिबन्ध लगाइएको छ । परित प्रस्ताबले उत्तर कोरियाली बैदेशीक ब्यापार तथा बैङिकङ क्षेत्रमा संयुक्त लगानी गर्न पनि प्रतिबन्ध लगाएको छ । यो नाकाबन्दी उत्तरकोरियाबिरुद्ध लगाइएको अहिलेसम्मकै कडा हो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट