समाचार

उत्तर कोरियामाथि सैन्य कारबाही गर्ने अमेरिकी चेतावनी

एजेन्सी, २२ असार । उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण गरी अमेरिका र क्षेत्रीय साझेदारहरुको सुरक्षामा गम्भीर असर पारेको भन्दै अमेरिकाले सैन्य कार्वाहीसम्मको बिकल्प रोज्न बाध्य हुने चेतावनी दिएको छ ।

संयुक्त महासंघका लागि अमेरिकी राजदुत निकी हेलीले उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परिक्षण गरे स्पष्ट र थप सैन्य उत्तेजना निम्ताएको आरोप लगाइन। हेलीले अमेरिका अझैपनि उत्तर कोरियाली संकटको कुटनीतिक समाधान चाहेपनि आवश्यक परे सैन्य परिचालन गरेरै भएपनि समाधान निकाल्ने चेतावनी दिइन ।
हेलीले उत्तर कोरियाको नजिकको साझेदार चीन तथा अन्य देशहरुले तत्कालै उत्तर कोरियाबिरुद्व कडा कदम नचाले अमेरिकासगको उनीहरुको व्यापारिक सम्बन्ध खतरामा पर्नेपनि चेतावनी दिइन ।

अन्तराष्ट्रिय समुदायको चर्को आलोचना र संयुक्त राष्ट्रसंघको प्रतिबन्धको बाबजुद उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परिक्षण गरिरहेको भन्दै हेलीले उत्तर कोरियालाई दबाब दिन थप आर्थिक प्रतिबन्ध लगाउनुपर्ने बताइन ।

उनले उत्तर कोरियाली समस्याको कुटनीतिक समाधानका लागि संयुक्त कदम चाल्नुपर्ने पनि बताइन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट