समाचार

उत्तर कोरियामा भुकम्प, आणविक परिक्षण गरेको आशंका

एजेन्सी, ७ असाेज । उत्तर कोरियामा ३ दशमलब ४ रेक्टरको भूकम्प गएपछि अर्को आणविक परिक्षणको आशंका गरिएको छ ।

उत्तर कोरियाको उत्तर–पूर्वी प्रान्त हाम्गेयोङस्थित किल्जु भन्ने स्थानलाई केन्द्रबिन्दु बनाइ ३ दशमलब ४ रेक्टरको भुकम्प गएको दक्षिण कोयरियाली अधिकारीले जनाएका छन् ।

चिनिया अधिकारीले भने आणविक परिक्षणका कारण भूकम्प गएको हुनसकने अनुमान गरेका छन् । अहिले गएको भूकम्पको केन्द्रविन्दु उत्तर कोरियाले गत ३ सेप्टेम्बरमा हाइड्रोजन बम परिक्षण गरेको स्थानबाट केबल ५० किलोमिटरको दुरीमा रहेका जनाइएको छ ।

आणविक परिक्षण केन्द्र नजिकै भुकम्प गएका कारण उत्तर कोरियाले अर्को आणविक परिक्षण गरेको आशंका गरिएको हो । पछिल्लो भूकम्पको केन्द्रविन्दु जमिनको सतहमै रहेका कारण यस पटक भने उत्तर कोरियाले जमिनको सतहबाट नै आणविक परिक्षण गरेको हुनसक्ने अनुमान छ ।

यसअघि उत्तर कोरियाले यसअघि भूमिगत आणविक परिक्षण गर्दै आएको थियो । दक्षिण कोरियाली अधिकारीले भने भूकम्प प्राकृतिक कारणले नै गएको हुनसक्ने जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र अमेरिकाका साझेदारलाई खतरा उत्पन्न गरे उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने चेतावनी दिएको ४८ घण्टा नबित्दै उत्तर कोरियामा भूकम्प गएको गएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट