समाचार

उत्तर कोरियालाई शक्ति देखाउन भन्दै अमेरिकाले थाल्यो सैन्य अभ्यास

एजेन्सी, १५ साउन । चर्को अन्तर्राष्ट्रिय दबाबका बाबजुद उत्तर कोरियाले अन्तर महादेशीय क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरिकाले दक्षिण कोरिया र जापानसंग संयुक्त सैन्य हवाइ अभ्यास शुरु गरेको छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणको बदलास्वरुप अमेरिकाले कोरियाली प्रायद्धिपमा हवाई सैन्य अभ्यास शुरु गर्दै अत्याधुनिक युद्धक बी १ २ बमबर्सक बिमानहरु सामेल गरी सैन्य अभ्यास शुरु गरेको हो ।

उत्तर कोरियालाई सैन्य शक्ति देखाउन भन्दै अमेरिकी हवाई सेनाले दक्षिण कोरिया र जापानसंग सैन्य अभ्यास थालेको हो। एशीया प्रशान्त क्षेत्र स्थित अमेरिकी सैन्य मुख्यालले उत्तर कोरिया क्ष्ँेत्रकै लागि तत्कालीन खतरा रहेको र त्यस्को मुकाबिला गर्न आफ्नो रणनीतिक साझेदार दक्षिण कोरिया र जापानलाई विश्वस्त तुल्याउन सैन्य शक्ति प्रदर्शनी गरिएको जनाएको छ ।

अमेरिका तथा अन्तराष्ट्रिय समुदायले आणबिक तथा क्षेप्यास्त्र परिक्षण रोक्न दिएको चेतावनीको बेवास्ता गर्दै उत्तर कोरियाले ३ साताको अबधिमा २ पटक लामो दुरीमा मार हान्न सक्ने अन्तरमहादेशीय क्ष्ँेप्यास्त्र परिक्षण गरेपछि अमेरिका क्रुद्ध बनेको हो। यसैबीच चीनले उत्तर कोरियाली क्षेप्यास्त्र गतिबिधि रोक्न कडा कदम नचालेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको चर्को आलोचना गरेका छन् ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली क्षेप्यास्त्र गतिबिधि रोक्न चीनले अमेरिकासग झुटो प्रतिबद्धता गरेको भन्दै असन्तुष्टि जनाएका हुन । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरिया गैरजिम्मेवार हुनुमा चीन र रुस दोषी रहेको आरोप लगाएका छन्।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट