समाचार

उत्तर कोरियाले गर्यो चीनको आलोचना

एजेन्सी, २२ बैशाख । उत्तर कोरियाले अमेरिकी इसारामा चलेको भन्दै चीनको कडा आलोचना गरेको छ ।
उत्तर कोरियाली समचारपत्र रोदोङ सिनमुनले एक टिप्पणी प्रकाशित गर्दै चीन अमेरिकाको तालमा नाचेको आरोप समेत लगाएको छ ।

उत्तर कोरियाले चीनको सहयोगमा अमेरिकाले कोरियाली प्रायद्वीपमा तनाब उत्पन्न गरिरहेको टिप्पणीमा जनाइएको छ । टिप्पणीमा चीन आफ्ना साझेदार उत्तर कोरिया विरुद्ध उत्रिए आपसी सम्बन्ध कमजोर हुने चेतावनी समेत दिएको छ ।

उत्तर कोरियाले चीनले आफुविरुद्व अमेरिकाको साथ दिए पनि आफ्नो क्षेप्यास्त्र तथा आणविक कार्यक्रम कुनै हालतमा नरोक्ने जनाएको छ ।

यसअघि चिनिया समाचारपत्र पिपुल्स डेली र ग्लोबल टाइम्सले उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र कार्यक्रमको आलोचना गरेका थिए । यस टिप्पणीबाट उत्तर कोरिया र उसको सबैभन्दा नजिकको साझेदार चीनबीचको सम्बन्ध विग्रनसक्ने अनुमान गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट