समाचार

उत्तर कोरियाले गर्यो रकेट इन्जिन परीक्षण

कोरिया, १० असार । आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमका कारण अन्तर्राष्ट्रिय समुदायको चर्को आलोचना र नाकाबन्दी व्यहोरीरहेको उत्तर कोरियाले फेरी रकेट इन्जिन परीक्षण गरेको छ ।
अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रका लागि उत्तर कोरियाले रकेट इन्जिनको परिक्षण गरेको हुनसक्ने अमेरिकी अधिकारीले जनाएका छन् । अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र निर्माणको पहिलो चरण अन्तर्गत रकेट इन्जिन परिक्षण गरिएको हुनसक्ने अमेरिकी अधिकारीको अनुमान छ । उत्तर कोरियाले अमेरिकाको मुख्यभूमीमा मार हान्न सक्ने अन्तरमहादेशीय ब्यालिस्टक क्षेप्यास्त्र निर्माण गरिरहेको अनुमान गरिएको छ । केहि महिना यता उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र परिक्षणको श्रृङ्खलालाई तीब्र बनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट