समाचार

उत्तर कोरियाले फेरी परिक्षण गर्यो क्षेप्याष्त्र

एजेन्सी, १३ मंसीर । उत्तर कोरियाले फेरी लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको छ । बुधबार परिक्षण गरिएको क्षेप्यास्त्र ४ हजार ४ सय ७५ किलोमिटर उचाईमा पुगेर ९ सय ५० किलोमिटर टाढा सम्म पुगेको जनाइएको छ ।

५३ मिनेटको उडानका क्रममा क्षेप्यास्त्र जापानी समुद्रमा रहेको आर्थिक करिडोरमा पुगी खसेको थियो । ह्वासोङ १५ नामक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रले अमेरिकाको मुख्यभूमिसम्म मार हान्न सक्ने उत्तर कोरियाले जनाएको छ ।

योसंगै आफ्नो मुलुक आणविक शक्तिसम्पन्न बन्ने ऐतिहासिक कार्यमा सफल भएको उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । उत्तर कोरिया जिम्मेवार आणविक शक्तिसम्पन्न मुलुक भएका कारण आफ्नो आत्मरक्षाका लागि मात्रै आणविक हतियार प्रयोग गर्ने केसीएनएको भनाई छ ।

यसैबीच दक्षिण कोरिया, जापान, र अमेरिकी अधिकारीले पछिल्लो क्षेप्यास्त्र अन्तरमहादेशीय क्षेप्यस्त्र रहेको स्वीकार गरेका छन् । यो परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे तथा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसग टेलिफोन वार्ता गरेका छन् ।

टेलिफोन वार्ताका क्रममा सहभागी सबै नेताहरु उत्तर कोरियाली चुनँैतीविरुद्ध एकजुट भई कदम चाल्न सहमत भएको बताइएको छ । अमेरिकाले उत्तर कोरियालाई आतंकवादलाई प्रायोजन गर्ने मुलुकको सूचीमा राखेको एक सातापछि उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट