समाचार

उत्तर कोरियाविरुद्ध कारबाही गर्ने अमेरिका र दक्षिण कोरियाबीच सहमति

एजेन्सी, १४ बैशाख । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली क्षेप्यास्त्र परिक्षण बिरुद्व तिब्र कारबाहीको नीति अपनाउन सहमति गरेको छ ।
उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण गर्न सक्ने आसङ्काबिच दक्षिण कारिया र अमेरिकाले उत्तर कोरियाली क्षेप्यास्त्र परिक्षण बिरुद्व तिब्र कारबाहीको नीति अपनाउने सहमति गरेको हो ।

अमेरिकाले कोरियाली आणबिक तथा क्षेप्यास्त्र परिक्षण बिरुद्व उत्तर कोरियामाथि कडा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । उत्तर कोरियाली आणबिक अस्त्र साथै बलिस्टीक क्षेप्यास्त्रबारे तनाब बढिरहदा अमेरिकाको क्षेप्यास्त्र बिरोधि सुरक्षा प्रकृया सफल रुपले अघि बढिरहेको दक्षिण कारियाले जनाएको छ । दक्षिण कोरियाली राष्ट्रपतिय निकायका अनुसार अमेरिका र दक्षीण कोरियाले उत्तर कोरियाली क्षेप्यास्त्र उत्तेजना बिरुद्व कारबाहीको नीति लिने प्रतिबद्वता जनाएका छन् ।

साथै दक्षिण कोरिया र अमेरिकाले संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषदको पनि सहायता लिने भन्दै संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषदको कदम उत्तर कोरियाका लागी भारि पर्ने जनाएको छ । उत्तर कोरियाको आणबिक तथा क्षेप्यास्त्र धम्किी अमेरिकाको लागी ठुलो चुनौति भएपनि राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका बिरुद्व कोरियाली आणबिक क्षेप्यास्त्र रोक्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पको प्रशासनले उत्तर कोरियाली अस्त्र प्रयोगलाइ परास्त गर्न न्ीतिगत तनाब तथा कडा प्रतिबन्ध लगाउने अपेक्षा गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट