समाचार

उत्तर कोरियाविरुद्ध सैन्य बल प्रयोग गर्ने ट्रम्पको चेतावनी

अमेरिका, १५ बैशाख । उत्तर कोरियाको परमाणु गतिविधिलाई लिएर अमेरिकाले उचित जवाफ दिने चेतावनी दिएको छ । सैन्य बल प्रयोग गरेर भए पनि उत्तर कोरियाको निसस्त्रीकरण कार्यक्रम रोकिछाड्ने अमेरिकाले चेतावनी दिएको हो ।

उत्तर कोरियाले कुनै पनि अवस्थामा क्षेप्यास्त्र परीक्षण गर्न सक्ने आशंकाबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो चेतावनी आउनुले सर्वत्र चासो बढेको छ । समाचार संस्था रोयटर्ससँगको विस्तृत अन्तर्वार्ताका क्रममा ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर कडा जवाफ दिने र गम्भीर समस्या निम्तिने बताएका हुन् ।

उहाँले अमेरिका अझै पनि नीतिगत सामाधान चाहिरहेको भए पनि उत्तर कोरियाले आफ्ना गतिविध नरोक्नुले गम्भिर समस्या निम्तिने संकेत गरेका छन् । यसैबीच, राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको समस्या समाधानका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङले चालेको कदमको पनि खुलेरै प्रशंसा गर्नुभएको छ ।

उत्तर कोरियाली गतिविधि रोक्न अमेरिकाले कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तयारी पनि गरेको छ । उत्तर कोरियाको बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक शुक्रबार बस्दैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट