समाचार

उत्तर कोरियासँगको सम्बन्ध भंग गर्न चीनलाई ट्रम्पको दबाब

एजेन्सी, १४ मंसीर । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले उत्तर कोरियासँग सबैखाले कुटनीतिक सम्बन्ध भंग गर्न चीनलाइ दवाब दिएका छन् । राष्ट्रपति ट्रम्पले चीनीया समकक्षी सि जिङ पिङसग टेलीफोनबार्ता गर्दै उत्तर कोरियासगको सबैखाले कुटनीतिक तथा ब्यापारिक सम्बन्ध खारेज गर्न दवाव दिएका हुन् ।

अन्तराष्ट्रिय निकायको निरन्तर दवाबको बेवास्ता गर्दै उत्तर कोेरियाले लामो दुरीको अन्तर महादेशीय क्षेप्यास्त्र परिक्षण गरेपछि ट्रम्पले चीनलाई यस्तो दवाब दिएका हुन् ।

टेलीफोनवार्ता मार्फत ट्रम्पले चीनबाट उत्तर कोरियामा हुने सबैखाले समान निर्यातमा प्रतिबन्ध लगाउन समकक्षी सिलाइ आग्रह गरेका छन् । बुधबार उत्तर कोरियाले ह्वासोङ १५ नामक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र ९ सय ५० किलोमिटर टाढा पुग्नेगरि परिक्षण गरेको थियो । क्षेप्यास्त्र ४ हजार ४ सय ७५ किलोमिटर उचाईमा पुगेर जापानी समुद्रमा खसेको थियो ।

क्षेप्यास्त्र परिक्षण पछि बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा अमेरिकी राजदुत निकी हेलीले उत्तर कोरियासग सबै मुलुकले कुटनीतिक सम्बन्ध भंग गर्नुपर्ने बताएकी छिन् । राजदुत हेलीले उत्तर कोरियाली क्षेप्यास्त्र परिक्षणले युद्ध निम्ताइरहेको भन्दै आलोचना गरेकी छिन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट