समाचार

उत्तर र दक्षिण कोरियाबीच वार्ता शुरु

एजेन्सी, २५ पुस । उत्तर कोरियाली आणविक तथा क्षेप्यात्र गतिबिधिले कोरियाली प्रायद्धिपमा तनाब उत्कर्षमा पुगिरहेका बेला उत्तर कोरिया र दक्षिण कोरियाबीच तय भएको उच्चस्तरीय वार्ता सुरु भएको छ ।

लामो समययता कोरियाली प्रायद्धिपमा बढ्दो तनाबको बीच दुई कोरियाको सीमाक्ष रहेको पान–मुन–जोम गाउमा उच्चस्तरिय वार्ता सुरु भएको हो । गत साता दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले आपसि उच्चस्तरीय वार्ताका लागी उत्तर कोरियासमक्ष आह्वान गरेपछि दुई कोरियाबीच वार्ता तय भएको थियो ।

दुई कोरियाबीचको वार्तासगैं आगामी फेब्रुअरीमा दक्षिण कोरियाको प्योङ.चाङ शहरमा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाले सहभागिता जनाउने घोषणा गरेको दक्षिण कोरियाली एकीरकरण मन्त्रालयले जनाएको छ ।

यस भन्दा अघि दुई कोरियाबीच सन् २०१५ डिसेम्बरमा उच्चस्तरीय वार्ता भएको थियो । उत्तर कारियाले क्षेप्यास्त्र तथा आणविक गतिबिलाई तिब्रता दिएपछि दुई कोरियाबीच बन्द भएको टेलीफोन हटलाइन सेवा अहिले पुनः सञ्चालनमा आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट