समाचार

उदयपुरमा काँग्रेस उम्मेदवारमाथि बम हमला, ४ जना घाइते

गाईघाट, १३ मंसीर ।  नेपाली कांग्रेस उदयपुरका उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समूहले बुधबार बिहान थापेको एम्बुस पड्कँदा उम्मेदवारसहित ४ जना घाइते भएका छन् ।

उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ का कांग्रेसका उमेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो।

विस्फोटनमा उम्मेदवार कार्की, उदयश्री बहुमुखी क्याम्पस कटारीका नेविसंघका सभापति मिरा कटुवाल, नाम नखुलेका चालक र अन्य एक कार्यकर्ता घाइते भएको छन्।

घाइतको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टर मगाइएको छ। कार्कीको एउटा हात चलेको छैन भने कटुवालको पैतालामा चोट लगोको जनाइएको छ।

घटनास्थल सदरमुकाम गाईघाटदेखि ४५ किलोमिटर पश्चिम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ भर्खरै प्रहरी पठाइएकाले विस्तृत विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।

मंगलबार मात्र नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वचन क्षेत्र १ का उम्मेदवार डा. नारायण खड्का र सोही क्षेत्रको प्रदेससभा २ का कांग्रेसका उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बम विस्फोट गराइएको थियो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट