समाचार

उद्योग राज्यमन्त्री रेशम लामालाई बर्खास्त गर्ने तयारी, साधारण सदस्य समेत नरहने गरी कारबाही हुने

काठमाडौ, १६ मंसीर । राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशम लामा मन्त्रीलाइ र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको तयारी भएको छ ।

पार्टीको अनुसासन उल्लघंन गरी काभ्रे जिल्लामा बाम गठबन्धनका उम्मेदवारलाइ समर्थन गर्ने विज्ञप्ती निकालेपछि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही हुन लागेको हो ।

राप्रपा प्रजातान्त्रिकको उच्च स्रोतले दिएको जानकारीअनुसार उनलाई आजै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने र मन्त्रीबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गर्ने तयारी भएको छ ।

स्रोतका अनुसार उनलाई कारबाही गर्ने पत्र तयार भइसकेको र त्यो जानकारी आजै प्रधानमन्त्री देउवालाई गराइनेछ । केन्द्रमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध रहेको राप्रपा प्रजातान्त्रिकका महामन्त्री लामाले काभ्रेमा काम गठबन्धनलाइ सहयोग गर्ने निर्णय गराएको भन्दै उनलाई कारबाही गर्ने तयारी थालिएको हो ।

Kavre

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट