समाचार

उपचारपछि फर्किएका ओलीले भने मधेशी मोर्चाको एकता सकारात्मक

काठमाडौ, ७ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गर्नु भएको छ ।
अध्यक्ष ओलीले लोकतान्त्रिक विधि मान्ने राजनीतिक दलहरुले निर्वाचनमा अत्तो थाप्न नहुने पनि स्पष्ट पार्नु भयो ।

बैंककमा स्वास्थ्य उपचार गराई आज स्वदेश फर्कनु भएका अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै निर्वाचनलाई सबै राजनीतिक दलहरुले आफना नीति, व्यवहार र काम जनताबाट परिक्षण गर्ने अवसरको रुपमा लिनुपर्ने पनि उल्लेख गर्नु भयो । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरुले भाग लिने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका गरिरहन नपर्ने पनि बताउनु भयो ।

अध्यक्ष ओलीले २ दिन भित्र पार्टीले स्थानीय तहको घोषणा पत्र जारी गर्ने जानकारी पनि दिनु भयो । आफू नभएपनि पार्टीले घोषणा पत्र तयार पारेको र त्यसलाई आफूले एकसरो हेरेपछि सार्वजनिक हुने बताउनु भएको हो । अध्यक्ष ओलीले पार्टीले निर्वाचनको सबै कामलाई समयमै समूचित ढंगले व्यवस्थापन गर्ने पनि उल्लेख गर्नु भयो ।

अध्यक्ष ओलीले मधेशवादी दलहरु एकीकरण हुुनुलाई आफूले सकारात्मक रुपमा लिएको टिप्पणी पनि गर्नु भयो । उहाँले पछिल्ला दिनमा नेपाली काँग्रेसले खेलेको भूमिकाप्रति पनि आफू सन्तुष्ट रहेको बताउनु भयो । अध्यक्ष ओलीको बैंककमा हर्नियाको समेत अपरेशन गरिएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट