समाचार

उपराष्ट्रपतिमा पुनको मात्रै उम्मेदवारी दर्ता

काठमाडाैं । वाम गठवन्धनका तर्फबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गरेका छन् ।

शनिवार संघीय संसद भवन नयाँ बानेश्वरमा पुनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पुनको प्रस्तावकमा एमालेका नेता सुवास नेम्वाङ, भानुभक्त ढकाल, पम्फा भुसाल, रेखा शर्मा र परशुराम मेघी गुरुङ रहेका छन् ।

त्यस्तै समर्थकमा माओवादी केन्द्रका नेता देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्तीलगायत रहेका छन् ।

पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपति हुन लागेका हुन् । उपराष्ट्रपतिको निर्वाचन आगामी ९ गते हुने कार्यतालिका छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट