समाचार

उम्मेदवारमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

बाँके, २८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई सफल पार्न सुरक्षा अपरिहार्य रहेको सुरक्षा चुस्त बनाउन सुरक्षा निकाय र प्रशासनिक निकाय प्रमुखलाई निर्र्देशन दिनुभएको छ ।

मंगलबार नेपालगंजस्थित बाँकेमा सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसंगको सुरक्षा सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन केन्द्रीत सुरक्षा चुस्त राख्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा सुरक्षा व्यवस्थामा बिशेष रुपमा ध्यान दिई सुरक्षित र शान्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा चनाखो हुन पनि निर्देशन दिनुभयो ।

उहाँले निर्वाचन नजिकिदै गर्दा बिभिन्न राजनीतिक दलका उम्मेदवारमाथी बम आक्रमण लगायतका घटना हुनुलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै आक्रमणकारीलाई तुरुन्तै कारवाही गर्न सुरक्षा निकाय प्रमुख लाई निर्देशन दिनुभयो ।

उम्मेदवारमाथि बम प्रहार गरी डर त्रास उत्पन्न गराउन खोज्ने लाई तुरुन्तै कारवाही गर्न सरकार दृढताका साथ लागिरहेको उहाँको भनाई थियो । निर्वाचनलाई भयरहित बनाउन सबैले आ आफ्नो क्षेत्रबाट लागि प्रधान मन्त्री देउवाले सुरक्षा निकाय र प्रशासनिक निकायका अधिकारीहरुलाई विशेष आग्रह गर्नुभयो ।

मंगलबार बिहान नेकपा एमालेका भोजपुर प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट