समाचार

उम्मेदवार चयनका लागि काँग्रेसले बनायो १७ सदस्यीय संसदीय समिति

काठमाडौ, २६ असोज । नेपाली कांग्रेसले चुनावमा उम्मेदवार चयन गर्न १७ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले समिति गठन गरेको हो ।

समितिमा सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सितादेवी यादव, नेताहरु खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि सदस्य छन् ।

समितिमा नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, डा. प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिह केसी र चित्रलेखा यादव पनि संसदीय समितिमा परेका छन् ।

समितिले असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट