समाचार

एकता टुङ्ग्याउन आज संयोजन समितिको बैठक बस्दै

काठमाडौं, २ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ ।
ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच मंगलबार भएको भएको छलफलका यस्तो सहमति भएको हो । पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउने र सरकार गठन अगावै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षले निरन्तर संवाद गर्दै आएका छन् ।
गएको असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबिच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंका व्यक्त भएका थिए । सोमबार र मंगलबारको छलफलपछि एकताले मूर्त रुप लिएको नेताहरुले बताएका छन् ।
आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबिच सहमति भएको जनाइएको छ ।
यस्तै पार्टीका शीर्षनेताको विषयमा सहमति भएको छ भने स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहने नेताका सम्बन्धमा पार्टी एकता संयोजन समितिले कार्यदल बनाएर हल गर्ने विषयमा नेताहरुबिच सहमति भएको बताइएको छ । तर यी विषयमा शीर्ष नेताले सार्वजनिक रुपमा केही बताएका छैनन् ।
एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

6 comments

  1. P2000 says:

    I’d need to test with you here. Which is not one thing I normally do! I get pleasure from studying a put up that may make people think. Additionally, thanks for permitting me to remark! http://www.p2000.in/

  2. I was suggested this website by my cousin. I’m not sure whether this post is written by him as nobody else know such detailed about my problem. You’re amazing! Thanks!

  3. There are some attention-grabbing cut-off dates in this article however I don’t know if I see all of them heart to heart. There may be some validity however I will take maintain opinion until I look into it further. Good article , thanks and we would like extra! Added to FeedBurner as well

  4. Youre so cool! I dont suppose Ive read anything like this before. So good to seek out any individual with some authentic ideas on this subject. realy thank you for starting this up. this web site is one thing that’s wanted on the web, somebody with a little originality. helpful job for bringing something new to the web!

  5. Portohuur says:

    I was suggested this website by my cousin. I’m not sure whether this post is written by him as nobody else know such detailed about my problem. You’re amazing! Thanks!

  6. Wifirouter says:

    Oh my goodness! a tremendous article dude. Thank you However I’m experiencing problem with ur rss . Don’t know why Unable to subscribe to it. Is there anybody getting similar rss drawback? Anybody who is aware of kindly respond. Thnkx

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट