समाचार

एकाबिहानै ओलीले ट्वीटरमा यस्तो लेखे

काठमाडौं, ३ जेठ । आज मदन भण्डारी र जिवराज आश्रितको २५ औं स्मृती दिवस, एमालेले विभिन्न कार्यक्रम गरी मनाउँदै छ।

वि. सं. २०५० साल जेठ ३ गते मदन भण्डारी र जिवराज आश्रित चढेको जिप चितवनको दासढुंगा भन्ने ठाँउमा दुर्घटना हुँदा तात्कालिन कम्युनिट नेता मदन भण्डारी र जिवराज आश्रितको निधन भएको थियो।

उक्त दिन पारेर एमाले र माओवादीले एकता घोषण गर्ने जनाएका छन्। त्यहि अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कम्युनियष्टहरुलाई एक हुन् समेत आग्रह गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्– कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका अगुवा जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्ली अर्पण गर्दछु। लोकतान्त्रिक, देशभक्त तथा प्रगतिशील विचार र संघर्षद्वारा स्थापित नेपाली कम्युनिस्टआन्दोलनलाई अझ एकतावद्ध गर्ने अभियानमा अग्रसर हुन कार्यकर्ता पंक्तिमा आग्रह गर्दछु ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट