समाचार

एटिएम कार्डको डाटा चोर्ने बुल्गेरियन नागरिक पक्राउ

काठमाडाै, २७ कार्तिक । नेपाल प्रहरीले एटिएम कार्डकाे डाटा चाेरेकाे अाराेपमा बुल्गेरियाका नागरिक भिटालीलाइ पक्राउ गरेकाे छ ।

नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान व्यूरोबाट खटिएको टोलिले काठमाडौंकाे ठमेलबाट १८ वटा एटिएम कार्ड एटिएम मेसिन खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजारहरूसहित पक्राउ गरेकाे हाे ।

यसअघि केन्द्रिय अनुसन्धान व्यूरोले ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, ४ मोल्दोभियन र २ भारतीय गरी जम्मा १८ जना विदेशी नागरिकहरुलाइ एटिएम कार्ड ह्रयाक गरी पैसा चाेरेकाे अाराेपमा पक्राउ गरेको थियाे ।

प्रहरीले उनीहरूका साथबाट ८८ लाख ६८ हजार ८ सय ५० रूपैया , अमेरिकी डलर ७३ हजार ५ सय ८०,  युरो ६४ हजार १ सय ७५ र १ हजार ३ सय २६ वटा एटिएम कार्ड बरामद गरिसकेकाे छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट