समाचार

एनसेल टावरमा आगजनी

 १ फागुन । नुवाकोटको विदुर नगरपालिका–११ गेर्खुमा रहेको एनसेल टावरमा गएराती आगजनी भएको छ ।

साविक गेर्खु गाविस–९ डाँडागाँउमा रहेको टावरमा राती १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी टावरमा आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त कुंवरले जानकारी दिनुभयो । आगजनी पश्चात सो टावर मार्फत ‘कनेक्सन’ हँुदै आएको एनसेलको फोनसेवा अबरुद्ध भएको छ ।

आगजनीबाट टावर, टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्रि, युपिएस लगायतको ८० प्रतिशत सामाग्रिमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकहरुको अनुसार आगजनीबाट १५ लाख रुपैयाँ बराबरको सामाग्री क्षति पुगेको छ । आगजनी गर्ने समूहको पहिचान एकीन हुन सकेको छैन ।

यसैबीच, धनकुटा नगरपालिका–१० उत्तरपानीस्थित धर्मशाला नजिकको एनसेल टावरमा गएराति अज्ञात समूहले आगजनी गरिएको छ । राति १२ बजेतिर टावरमा आगजनी भएको प्रहरी चौकी हिलेका प्रहरी सहायक निरीक्षक यदु खड्काले जानकारी दिनुभयो । आगजनीबाट टावरमा रहेको चारवटा ब्याट्री पूर्णरूपमा जलेको छ ।

जसका कारण टावर सञ्चालन हुन सकेको छैन । टावरमा आगजनी भएपछि अहिले सो क्षेत्रका सयौं एनसेल प्रयोगकर्ता मारमा परेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट