समाचार

एमालेका जनप्रतिनिधि भ्रष्ट नहुने अध्यक्ष ओलीको दाबी

काठमाडौ, ३१ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधि भ्रष्ट नहुने बताउनुभएको छ ।

मुलुक चरम भ्रष्टाचारमा लिप्त हुदै गईरहेका बेला अध्यक्ष ओलीले एमालेबाट जननिर्वाचित स्थानीय सरकारका प्रतिनिधि स्वच्छ छविका भएका भन्दै उनीहरुबाट भ्रष्टाचार नहुने बताउनुभएको हो ।

महालक्ष्मी नगरपालिकाको पहिलो नगरसभालाई सनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वच्छ र पारदर्शी आफ्ना जनप्रतिनिधिले नगरलाई पनि स्वच्छ राख्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिका गाउपालिका हिजोको जस्तो संरचना र अधिकार क्षेत्रमा संकुचित नभएको भन्दै अध्यक्ष ओलीले स्थानीय सरकारको अधिकार प्रत्यायोजन भईसकेकाले सोही अनुसार काम कारवाही अघि बढाउन पनि उहांले आग्रह गर्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट