समाचार

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्षबिच फागुन पहिलो साता पार्टी एकिकरण गर्ने सहमति

काठमाडौ, २९ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फागुन पहिलो साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा आज भएको छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् ।

स्रोतका अनुसार पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे भोलि बिहान अध्यक्षद्वयबीच फेरि छलफल हुने छ । छलफल पछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको छ ।

आज भएको छलफलमा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत भएका छन । स्रोतका अनुसार फागुन ६ र ७ गते पछि सरकार गठन प्रक्रिय अघि बढ्ने भएकाले दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकतामा जोड दिएका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट