समाचार

एमाले नेता राईमाथि बम प्रहार, अंगरक्षक घाइते

भोजपुर, २८ कार्तिक । भोजपुर प्रदेशसभाका उम्मेद्वार एवम् नेकपा एमालेका नेता शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।

भोजपुरको गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै एमाले उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम प्रहार भएको हो । बम विस्फोटबाट राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटा सामान्य घाइते भएका छन् । उनको हातमा चोट लागेको छ । पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ ।

थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ । यसैबीच नेकपा एमालेले आफ्ना उम्मेदवारमाथि भएको बम आक्रमणेको घोर भत्र्सना गर्दै प्रेस वक्तव्य जारी गरेको छ ।

घटनामा संलग्न दोषीलाई कारबाहीको माग राख्दै एमालेले शान्तिपूर्ण र स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग राखेको छ ।

uml bigypti
यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो । निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र भएरहित बनाउन चार वटै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको भए पनि बम आक्रमणको घटना रोकिएका छैनन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट