समाचार

‘एमाले–माओवादी एकताप्रति उत्साहित छौं’

काठमाडौं, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच आजै अपरान्ह एकीकरण घोषणा हुने भएको छ ।  जननेता मदन भण्डारीको २५ औं स्मृति दिवसमा काठमाडौंको बुल्खुस्थित पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजै पार्टी एकीकरण हुने घोषणा गरेका हुन् ।
एकताको प्रक्रियागत कार्य आजै टुंगो लगाउने बताउदै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकीकरण पछि बन्ने बृहत पार्टीबाट डराउनुपर्ने अवस्था नरहेको बताए ।
संयुक्त केन्द्रिय समितिको बैठकपछि प्रक्रियागत एकता हुने बताउदै अध्यक्ष ओलीले आफुहरु दुवै पार्टी एकता प्रति उत्साहित रहेको ओलीले बताए ।  दिउँसो तीन बजे राष्ट्रिय सभामा पार्टी एकता घोषणा सभाको आयोजना हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट