समाचार

ओली प्रचण्ड वार्ताका वारेमा एमाले स्थायी कमिटी वैठक

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकमा माओवादी केन्द्रसंग पार्टी एकताका लागि भएको उच्चस्तरीय सहमति र एकता प्रक्रियाका बिषयमा छलफल भएको छ ।
वाम एकताका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग आज गरेको छलफलका आधारमा प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटिको बैठक बसेको हो ।

यसअघी बुधवार दिउँसो एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग झण्डै दुई घण्टा एक्लौ छलफल गर्नुभएको थियो । विहिबार बिहान पार्टी संयोजन समितिको बैठक बस्ने सहमति भएपछि आज दुबै दलले सहमतिका एजेण्डामा केन्द्रित छलफल गरेका हुन् ।

एमाले स्थायी कमिटिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी एकताको कार्यसूचि र माओवादी केन्द्रसंग भएको सहमतिको खाका बारे नेताहरुलाई जानकारि गराउनुभएको छ ।

ओलीले भोली जेष्ठ ३ गते मदन आश्रीत् स्मृति दिवसका दिन पार्टी एकताको औपचारीक घोषणा गर्ने र जेष्ठ दोस्रो साता संयुक्त एकता घोषणा सभा गर्ने बिषयमा बिफ्रिङ गरेको नेताहरुले जनाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट