समाचार

कक्षा १२ को परीक्षा, पहिलाे दिन शान्तिपूर्ण

काठमाडौं, १४ बैशाख ।  माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर अाजबाट शुरु भएको छ । परीक्षार्थीहरूले अाज पहिलाे दिन अंग्रेजी विषयकाे परीक्षा दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा  बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा सम्पन्न भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा भएको हो ।

आज पहिलो दिन परीक्षामा देशभरका तीन हजार ९ सय १२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चारलाख १५ हजार २ सय ५२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएको उहाँले जानकारी दिए ।

बोर्डका अनुसार परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति परिचालन भएका छन् ।  कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा भने वैशाख ३० गतेदेखि शुरु भई जेठ २९ गते सम्पन्न हुनेछ ।

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी थालिएको बताउनुभयो । परीक्षामा अमर्यादित काम गरेको पाइएमा छ महिना कैद र रु एक लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. emp3z says:

    My wife and i ended up being so comfortable that Edward could round up his reports through your precious recommendations he grabbed in your web page. It is now and again perplexing just to happen to be giving out helpful tips which many others have been making money from. And we all fully grasp we’ve got the writer to be grateful to for that. The most important explanations you’ve made, the easy website menu, the friendships you will help instill – it’s everything fantastic, and it’s really letting our son and the family feel that that content is pleasurable, which is certainly exceptionally essential. Thanks for the whole lot!

    http://www.emp3z.co.uk

  2. ed sheeran house says:

    F*ckin’ amazing things here. I am very satisfied to see your article. Thanks a lot and i am looking forward to touch you. Will you please drop me a mail?

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट