समाचार

कतारसमक्ष १३ बुँदे शर्त, १० दिनको समयसीमा

कतार, १० असार । बिगत ३ सातादेखी नाकाबन्दी लगाइरहेका साउदी अरब नेतृत्वका गठबन्धन देशहरुले सम्बन्ध सुधारका लागि कतारसमक्ष १३ बुँदे शर्त अघि सार्दै १० दिनको समयसीमा दिएका छन् ।

आतंकबादी समुहहरुलाई सहायता गरेको तथा इरानसंग घनिष्ट सम्बन्ध राखेको आरोपमा कतारसंग कुटनीतिक सम्बन्ध भंग गरेका साउदी गठबन्धनमा आबद्ध ४ मुलुकहरुले कुटनीतिक सम्बन्ध पुनः सुचारु गर्न कतार समक्ष आफ्ना १३ बुँदे शर्त पठाएका हुन । कतारसंगको कुटनीतिक सम्बन्ध पुन स्थापनाका लागि राखेको पूर्बशर्त समस्या समाधानको मध्यस्थता गरिरहेको देश कुबेतले कतारसमक्ष हस्तारण गरेको जनाइएको छ ।

साउदी अरेबीया, बहराइन, इजिप्ट र युएइले कतारसमक्ष इरानसँगको सम्बन्ध सीमित गर्नुपर्ने, अल जजिरा टेलिभिजनको प्रशारण बन्द गर्नुपर्ने, कतारमा रहेको टर्कीस सैन्य शिबिर बन्द गनुपर्ने लगायत माग अघि सारेका छन् । त्यस्तै गठबन्धन देशहरुले आतङ्ककारी समुहहरु इस्लामिक स्टेट, अल कायदा, हेजबुल्लाह, मुस्लिम ब्रदरहुडमाथि सबै प्रकारको सहायता बन्द गर्दै आत्मसमर्पण गर्न आह्वान गर्नुपर्ने शर्त पनि राखेका छन् । यता कतारले भने गठबन्धन देशका शर्तबारे कुनै धारणा सार्वजनिक गरेको छैन ।

कतारलाई सहायता गरिरहेको टर्कीले केही दिन यता आफ्नो सैन्य संख्या बढाइरहेको छ भने इरानले नियमित रुपमा कतारलाई आवश्यक खाद्यान्न पठाइरहेको तथा कतारका जहाजहरुका लागि आफ्नो आकाश प्रयोग गर्न दिइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट