समाचार

कपिलबस्तुमा बम बिस्फोट, १० जना घाइते

कपिलबस्तु, ४ असार । कपिलवस्तुको बाँणगंगा नगरपालिका ४ को गजेडा चोकमा बम विस्फोट हुँदा १० जना घाइते भएका छन् ।
स्थानीय तहको दोस्रो चरणको चुनावका लागि काँग्रेस र माओवादीका संयुक्त उम्मेदवार जिल्ला निर्वाचन कार्यालयतर्फ जाँदै गर्दा बम बिस्फोट भएको हो ।

विस्फोटमा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरूको बाँणगंगा ४ स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट