समाचार

कम्युनिष्ट शासनविरुद्ध लड्न तयार हुन काँग्रेस सभापति देउवाको निर्देशन

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्ने चेतावनी दिनु भएको छ । सभापति देउवाले कम्युनिष्ट शासन लाद्ने षडयन्त्र भईरहेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारीमा रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

बिहिबार नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले मुलुकमाथि थपिदै गएको संकट समाधानका लागि एक भएर अघि बढन पनि नेपाल विद्यार्थी संघलाई सचेत गराउनु भयो । सभापति देउवाले विश्वमै फेल भईसकेको कम्युनिष्ट शासन नेपालमा ल्याउने कोशिस भईरहेको पनि बताउनु भयो ।

सभापति देउवाले सरकारले सबै क्षेत्रमा हस्तक्षेप गर्न खोजिरहेको आरोप पनि लगाउनु भयो । कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टीमाथि आईपरेको चुनौति सामना हुनेगरी पार्टीलाई एकतावद्ध बनाएर लैजान सभापति देउवालाई सुझाव दिनु भयो ।

महामन्त्री कोइरालाले एमाले र माओवादी केन्द्रले मिलेर पार्टीलाई दिएको चुनौतिलाई सामना गर्न पार्टी भित्र रहेका गुट, उपगुट तत्काल अन्त्य गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । नेपाल विद्यार्थी संघले काँग्रेसको असल विचार र इतिहासबाट सिकेर अघि बढनुपर्ने महामन्त्री कोइरालाको भनाई थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. emp3z says:

    Whoah this blog is wonderful i really like reading your posts. Keep up the good work! You already know, lots of individuals are searching round for this info, you can aid them greatly.

    http://www.emp3z.co.uk

  2. board game apps says:

    I like this weblog very much, Its a real nice post to read and obtain information.

    http://www.strategyboardgames.co.uk/play-paths-glory-video-guide/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट