समाचार

कलंकी–नागढुंगा सडक समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयलाई सास्ती

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश सडकको विस्तार र स्तरउन्नतीको काम अहिले चलिरहेको छ । सवारी चाप र सडक प्रयोगकर्ताको सहजीकरणका लागि थालिएको सडक बिस्तार योजना सुरु भएको एक दशक पुग्न लाग्दा समेत अधिकांश क्षेत्रमा निमार्ण र विस्तारको काम भद्रगोल छ ।

कलंकी–थानकोट–नागढुंगा सडक दुरुस्त बन्न अझै कतिसमय लाग्छ, टुंगो छैन । यसले नियमीत सडक प्रयोगकर्ता जति हैरान छन्, त्यो भन्दा कैयौं गुणा सास्ती स्थानीयले खेपी रहेका छन् ।

कलंकी–नागढुंगा सडक, काठमाडौ उपत्यका प्रवेशका हिसावले पूर्वी र पश्चिम नेपाललाई जोड्ने महत्वपूर्ण लाईफ लाईन नै हो । यही नाका भएर तेस्रो मुलुक बाट भित्रिने सामान उपत्यका भित्रिने गरेका छन् ।

दैनीक हजारौं सवारी साधन ओहोर दोहोर गर्ने यही नाकाको चाप व्यवस्थापन का लागि निमार्ण तथा विस्तार सुरु गरिएको कलंकी–नागढुंगा सडक बर्षौंदेखि अलपत्र छ । सडक योजनाको काम सुरु गरेर पनि सम्वद्ध कुनै पनि निकायले जिम्मेवारी अनुसारको भुमीका निर्वाह नगर्दा श्रृजीत् समस्याबाट स्थानीय वाक्क भएका छन् ।

सडक आसपासका सर्वसाधारण, व्यापार व्यवसाय गर्ने साना तथा ठुला व्यवसायी, सवारी चालक तथा पैदल यात्री हरेक समुदायको आ–आफ्नै दिग्दारी छ ।

महर्जन संतुगल क्षेत्रमा बसोवास गर्ने हजारौं नागरिकका प्रतिनिधि पात्र हुन् । जोे सडकको स्तर उन्नती र विकासका नाममा आधा दशकदेखि धुंवा धुलोसंग जुधीरहेको छ । सडकको खाल्डा, भत्काएर अलपत्र छाडेको संरचनाले घरभित्रै बस्दा पनि २४ झ्याल ढोका थुनेर माक्स लगाउनु पर्ने बाध्यता छ ।

यो सडक विस्तार र स्तरउन्नतीको योजना बनाएर जथाभावी काम थालेका कारण श्रृजना भएको समस्या हो । जसमा स्थानीयको संपत्तिको अधिकार र निजी जग्गा तथा भौतीक संरचनाको नोक्सानीसंगै उव्जिएको कानुनी झमेला समेत जोडीएको छ ।
कलंकी–थानकोट सडकखण्ड भत्काएर स्तर उन्नतीको काम थालेको आधा दशक नाघेको छ २४ सै घण्टा ननिदाउने चोकका नामले चिनिएको काठमाडौ प्रवेशको मुख्य नाका कलंकीबाटै सुरु हुने यो अस्तव्यस्त सडकको हैरानीले सवारी चालकलाई पनि हैरान बनाएको छ ।

घाम लाग्दा खपिनसक्नु धुलो, पानी हिंड्नै नसकिने हिलो, यो यहांको सामान्य समस्या हो ।
कंलकी–नागढुंगा सडकखण्ड विस्तारको काममा भइरहेको ढिलासुस्तिले विनियोजन गरिएको बजेट समेत खर्च हुन सकेको छैन । यो पूर्व तयारी र स्थानीयसंग समन्वय नगरि थालीएको सडक विस्तार योजनाले निम्त्याएको समस्या हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट