समाचार

कश्मिरमा ३ जना भारतीय सैनिकको ज्यान गयो

एजेन्सी, १२ फागुन । भारत प्रशासित कश्मीरमा बन्दुकधारी लडाकुले आक्रमण गर्दा भारतीय ३ सैनिक तथा एक सर्वसाधारण महिलाको ज्यान गएको छ । रोल…
आज सबेरै भारत प्रशासित कश्मीरको दक्षिणमा रहेको शोपियान नगरमा बन्दुकधारी तथा भारतीय सैनिकबीच भीडन्त हुदा तीन सैनिक र एक सर्वसाधारण महिलाको मृत्यु भएको हो । भीडन्त एक घण्टासम्म चलेको स्थानीय प्रहरीले जनाएको छ ।
आक्रमणमा संलग्न बन्दुकधारी भने फरार रहेको बताइएको छ । फरार बन्दुकधारीको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
विगत १५ दिनको अवधीमा भारत प्रशासित कश्मीरका विभिन्न क्षेत्रमा भएका आक्रमणमा ८ सैनिक, ८ लडाकु तथा तीन सर्वसाधारणको ज्यान गइसकेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट