समाचार

कस्ताे काइदा, सजाय भुक्तान पनि किस्ताबन्दीमा

काठमाडौं, २७ साउन । व्यवस्थापिका संसद बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ ।
जसअनुसार अब जेल सजाय पाएकाहरुले किस्ताबन्दीमा सजाय भुक्तान गर्न सक्नेछन् । उनीहरुले शनिबार वा रातिमात्र जेल बसे पनि पुग्नेछ ।
उक्र विधेयकको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रिकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिनेबारे उल्लेख छ । एक बर्षसम्म कैद निर्धारण भएको कसुरदाताले मात्र यस्तो सुविधा पाउनेछन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट