समाचार

काँग्रेसको किचलोका कारण सरकार विस्तार हुन सकेन

काठमाडौ, १० साउन । नेपाली कांग्रेसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नाम अन्तिम रुप दिन नसकेपछि मन्त्रीमण्डल विस्तार अन्योलमा परेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रिपरिषद्मा सहभागी हुने महिला नेतृको नाममा सहमति हुन नसकेपछि आज गर्ने भनिएको मन्त्रीमण्डल बिस्तार स्थगित भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साझ ५ बजेका लागि सपथको तयारी गर्न राष्ट्रपति कार्यालयलाई आग्रह गरेको थियो ।

संस्थापन र पौडेल पक्षबाट ४–४ तथा नेता कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षबाट एकएक जनालाई सहभागी गराउदै प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल बिस्तारको तयारी गर्नुभएको थियो । यस्तै सत्तासाझेदार दलहरु माओवादी केन्द्रबाट ६ र नेपाल लोकतान्त्रिक फोरमबाट दुई जना गरी १८ मन्त्री थप गर्ने तयारी देउवाको छ ।

यसअघि कांग्रेस र माओवादीबाट समान ३ र लोकतान्त्रिक फोरमबाट एक जनालाई सहभागी गराउदै प्रधानमन्त्री देउवाले गत जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो । कांग्रेस नेता पौडेल पक्षमा कमला पन्त र सरिता प्रसाईंमध्ये कस्लाई मन्त्रीमण्डलमा पठाउने भन्नेबारे सहमति हुन सकेको छैन ।

महामन्त्री शशांक कोईरालासहितका नेता प्रसाईंको पक्षमा उभिएपनि केही नेताले पन्तलाई पठाउनु पर्ने अडान लिएपछि सहमति हुन नसकेको एक नेताले जानकारी दिनुभयो । सत्ता नेतृत्वकर्ता दलभित्रै मन्त्री बन्नेको नाममा सहमति हुन नसकेपछि सपथ ग्रहण भोली बिहान हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट