समाचार

काँग्रेसको निष्कर्ष–गुट उपगुटका कारण चुनावमा लज्जास्पद हार

काठमाडौँ । नेपाली काग्र्रेसका शिर्ष नेताहरुले पार्टीभित्र रहेको गुटउपगुटका कारण निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको बताएका छन् ।

प्रजातान्त्रीक प्राध्यापक संघ नेपालले आईतबार काठमाडौमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले अब पार्टीलाई मजवुद बनाउन एकतावद्ध भएर अघि बढ्नुपर्ने समेत बताएका छन् ।

कार्यक्रममा काग्रेस सभापति शेर वहादुर देउवाले पार्टीलाई सवल र सफल बनाएर अघि बढाउन एक हुनुको बिकल्प नभएको बताउनुभयो । निर्वाचनको परिणाम काग्रेसका लागी अहिलेसम्मको ठूलो चूनौति भएको भन्दै उहाले अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

अन्तरघात गर्नेलाई कारवाही गर्नबाट बचाउन केहि नेता लागी परेको उहाको भनाई छ । उहाले माओवादी र एमाले एक हुदा पनि जनताले भारि मत काग्रेसलाई दिएको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने जिकिर गर्नुभयो ।

त्यस्तै काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काग्रेसको नेतृत्वमा संबिधान जारी हुदा सिद्धान्तले जितेपनि निर्वाचनमा हार्नुको कारणको खोजी गर्नुपर्ने बताउनुभयो । उहाले सरकारको पछिल्लो क्रियाकलाप लोकतन्त्र बाहिरको रहेको भन्दै सबैले खवरदारी गर्नुपर्ने जिकिर गर्नुभयो । त्यस्तै काग्रेस महामन्त्री शशांक कोईरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य नभएसम्म पार्टी समृद्ध र बलियो बन्न नसक्ने उल्लेख गर्नुभयो । गुट उपगुट कै कारण सत्तामा हुनुपर्ने काग्रेस अहिले प्रतिपक्षीमा बस्नुपरेको उहाको भनाई छ ।

कार्यक्रममा प्रजातान्त्रीक प्राध्यापक संघ नेपालले लामो समयसम्म प्राध्यापन क्षेत्रमा लागेका प्राध्यापकहरुलाई सम्मान गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट